Thursday, June 25, 2026
spot_img

मौद्रिक नीति सञ्जीवनी बुटी हुने निजी क्षेत्रको आशा छ: अध्यक्ष चन्द्र ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी मौद्रिक नीति निजी क्षेत्रको लागि सञ्जीवनी बुटी बनेर आउने विश्वास व्यक्त गरेको छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नितीको लागि सुझाव दिन महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिबाट निजी क्षेत्र आशावादी रहेको बताएका हुन् ।

उद्योगी व्यवसायीमा निराशा रहेकोले अहिले देखिएका विभिन्न समस्या मौद्रिक नीतिले त्यसको सम्बोधन गर्नु पर्ने उनले बताए। सहकारी र लघुवित्तमा समस्या आउँदा गाउँ गाउँमा कर्जा विस्तार रोकिएकोले पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

अर्थतन्त्रको समस्या सहज रुपमा अवतरण गर्नुपर्ने भएकोले हुन सक्ने सम्मको लचकता मौद्रिक नीतिले अपनाओस् भन्ने महासंघको चाहना रहेको उनले बताए । उनले भने ‘महँगी बढिरहेको छ, सर्वसाधारणको क्रयशक्ति बढ्न सकेको छैन
लगानी बढ्न नसकेकोकाले नयाँ रोजगारी सिर्जना हुन सकेको छैन, रेमिटेन्स बढेको भए पनि त्यो पैसा बैंकमा थुप्रिएकोछ, उद्योगहरु ३०/४० प्रतिशतमा चलेका छन्, यी समस्याको समाधान हुनु पर्छ’।

उनले उत्पादनमूलक उद्योगमा ब्याजको लागि केही सहुलियत हुनु पर्ने बताए । अर्थतन्त्र चलायमान बनाउन सक्ने गरि बजेट नआएकोले अब  उद्योगी व्यवसायीले मौद्रिक नीतिमा अपेक्षा गरेकोले बजारमा माग सिर्जना गर्न नीतिगत सहजीकरण हुन आवश्यक रहेको उनको भनाई छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img