नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिम स्टार उर्जा कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बिहीबार कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै आइतबारबाट कम्पनीको शेयर कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९९.१७ रुपैयाँदेखि २९७.५१ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको HIMSTAR सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर गत साउन ३२ गते बाँडफाँड भएको थियो । कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्काशन गरेको थियो। ।
यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत रहेका छन् ।









