नेरुडे मिर्मिरे लघुवित्तले भागनारायण साहुलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो।
कम्पनीमा यस अघि सीइओ रहेका भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा सकिएको थियो। त्यसपछि कम्पनीले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो।












