Saturday, June 13, 2026
spot_img

हाथवे इन्भेष्टमेन्टको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

spot_img
spot_img

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २५ गते बुधबार आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२  को मुनाफाबाट  हालको चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२  प्रतिशत नगद लाभांश गरि कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्तावहरु:
संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत सत्रौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ साल आषाढ मसान्तसम्मको वासलात, सोहि मितिमा समाप्त आ.व. २०८१/८२ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने ।

कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२ / ८३ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व २०८१/८२ को मुनाफा समेतबाट चुक्ता पूँजीको ०.६३२ प्रतिशतले हुने रु. ८९, ४१, २६५ (अक्षरुपी उनन्नब्बे लाख एकचालीस हजार दुई सय पैंसाठी रुपैयाँ मात्र) नगद लाभांश (कर प्रयोजनार्थ) स्वीकृत गर्ने ।

समुह (क) को शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने ।

स्वतन्त्र संचालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र संचालकको नियूक्तीलाई अनुमोदन गर्ने ।

विशेष प्रस्तावहरु.
संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व २०८१ / ८२ को मुनाफा समेतबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुने रु.१६,९८,८४,००० (अक्षरुपी सोह्र करोड अन्ठानब्बे लाख चौरासी हजार मात्र) बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।

कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने ।

प्रबन्धपत्र तथा नियमावलीको संसोधन स्वीकृत गर्ने तथा प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट / कार्यलयबाट कुनै फेरबदल / परिमार्जन गर्न वा मिलाउन सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...
spot_img