Wednesday, July 29, 2026
spot_img

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्न राष्ट्र बैंकले बोलायो वैकल्पिक उम्मेदवार

spot_img

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको सदस्य पद रिक्त भएको छ। सदस्य पद रिक्त भएपछि नेपाल राष्ट्र बैंकले यस अघि सार्वजनिक सूचना जारी गर्दा छनौट भई वैकल्पिकमा रहेका उम्मेदवारलाई बोलाएको छ।

राष्ट्र बैंकले २०८१/९/२८ मा प्रकाशित सूचना अनुसार वैकल्पिक उम्मेदवारतर्फ पहिलो नम्बरमा रहेका राम प्रताप यादवलाई बोलाएको हो । राष्ट्र बैंकले यादवलाई साउन २६ गते भित्र राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भनेको छ। यदि उनी सो समयमा नआएमा राष्ट्र बैंकले वैकल्पिक सूचीको दोस्रो नम्बरमा रहेका प्रकाश घिमिरेलाई राष्ट्र बैंकले नियुक्ति दिने छ।

यस अघि राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनको जिम्मा राजेन्द्र प्रसाद तिम्सिनालाई दिएको थियो। तर उनले छोडे पछि राष्ट्र बैंकले वैकल्पिकको पहिलो नम्बरमा रहेको उम्मेदवारलाई बोलाएको हो।

यस कार्यको लागि राष्ट्र बैंकले नियमानुसारको कर सहित रु.१,०३,६००/- (अक्षरेपि एक लाख तीन हजार छ सय मात्र) मासिक पारिश्रमिक प्रदान गर्ने छ। दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिन सम्म प्रदान गर्नेछ। सो बाहेक अन्य कुनै प्रकारको भत्ता तथा सुविधा राष्ट्र बैंकले दिने छैन।

उम्मेदवारले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको रामशाहपथ स्थित कार्यालयमा काम गर्नु पर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

 हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले...

पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता

नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने...

आज पनि सस्तियो सुन

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार...

सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर बन्यो ‘स्काइवेल’

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी...

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...
spot_img