Wednesday, June 24, 2026
spot_img

माछापुच्छ्रे बन्यो रिपोर्ट सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक, ९२ प्रतिशतले बढ्यो नाफा

spot_img
spot_img

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। वाणिज्य बैंकहरु मध्ये माछापुच्छ्रे रिपोर्ट सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ।

प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ९२.४५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ४ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख पुगेको छ।  कम्पनीको संचालन नाफा ९९.९१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड पुगेको छ ।

कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज शिर्षक अन्तर्गत छुट्याएको रकम १ अर्ब ३९ करोडबाट घटेर ५३ करोड ३७ लाखमा सिमित भएको छ । इम्पेयरमेन्ट चार्ज घट्दा र खुद ब्याज आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा १ अर्ब ७ करोड २९ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम ९.२३ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता ९.२३ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ।   अघिल्लो आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक थियो।

कम्पनीको चुक्ता पुंजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। कम्पनीले यस अवधिसम्ममा १  खर्ब ८४ अर्ब निक्षेप संकलन गरेको छ भने १  खर्ब ४१ अर्ब कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८.९९ रुपैयाँबाट बढेर १७.३१ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १६३.८० रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ३.८३ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...
spot_img