Thursday, July 9, 2026
spot_img

५ वटा कन्सल्टेन्सीलाई विभागले तिरायो नगद जरिवाना, ‘एडु हब’लाई सबैभन्दा बढी

spot_img

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ५ वटा कन्सल्टेन्सीलाई जरिवाना गरेको छ । वाणिज्य विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएको भन्दै ५ वटा कन्सल्टेन्सीलाई कारबाही गरेको हो ।

जस अनुसार काठमाडौँ ३१ मा रहेको एडु हब ग्लोबल नेपाल प्रा.लि.लाई १ लाख जरिवाना तोक्दै ३ दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात लिएर उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर २८ मा रहेको स्टुडेन्ट एब्रोड स्टडी सेन्टर प्रा.लि.लाई ७५ हजार जरिवाना तिराइएको छ । उसलाई भने कागजात लिएर आउन भनिएको छैन ।

काठमाडौँ १६ मा रहेको ग्यालेक्सी ग्लोबल इन्टरनेशनल कन्सल्टेन्सी प्रा.लि.लाई ५५ हजार जरिवाना गरिएको छ । साथै, सबै कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन पनि भनिएको छ ।

काठमाडौँ महानरपालिका वडा नम्बर १० स्थित ओएसिस करियर एड्भाइजर प्रा.लि. लाई पनि विभागले ५१ हजार नगद जरिवाना तोकेको छ । यस्तै काठमाडौँ १६ कै रिङगो जापनिज ल्याङवेज एकेडेमी प्रा.लि.लाई पनि समान ५१ हजार नै जरिवाना गरिएको विभागले जनाएको छ ।

यी सबै कन्सल्टेन्सीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर गरेको विभागको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...
spot_img