रिज लाइन इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ ४ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ७ करोड ७८ लाख ३५ हजार ७ सय ८९ रुपैयाँ ४७ पैसा बराबरको नगद लाभांश (कर साशित) वितरण गर्ने प्रस्ताव गरेको छ। जुन कम्पनीको हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत भन्दा बढी हो।
कम्पनीको सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षक नियुक्त गर्ने, एक जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने र आइपीओबाट आउने पुंजीको उपयोगबारे निर्णय गर्ने प्रस्ताव पेश हुने छ। यस कम्पनीले आईपीओ निष्काशन गर्नको लागि २०८० मङ्सिर मै धितोपत्र बोर्डमा आवेदन दिए पनि अझै अनुमति पाएको छैन ।









