सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ६.५१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोडमा सिमित भएको छ । कम्पनीको संचालन आम्दानी ३.३९ प्रतिशतले बढेर २ अर्ब २७ करोड २० लाख पुगेको छ। कम्पनीको संचालन नाफा १०.०६ प्रतिशतले बढेर ७७ करोड ४२ लाख रहेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा भने २१३.८१ प्रतिशतले बढेर ४१ करोड ३८ लाख ४५ हजार पुगेको छ । बैंकको लाभांश क्षमता ११.६४ प्रतिशत रहेको देखाउछ।
३ अर्ब ५५ करोड चुक्ता पुंजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ ।। यस अवधि कम्पनीले ५४ अर्ब ६६ करोड निक्षेप संकलन गरेको छ भने ४३ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.७० रुपैयाँबाट बढेर १५.१० रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ५.६४ प्रतिशत रहेको छ।












