Wednesday, August 26, 2026
spot_img
spot_img

स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि खुल्यो

spot_img

स्वस्तिक लघुवित्तले आज असार २७ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरेको हो ।

कम्पनीले उनीहरुलाई २३ हजार १ सय कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा नुनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने छ।  कम्पनीले नेपाल धितोपत्र बोर्डमा २०८० माघ २४ गते आईपीओ निष्काशनको लागि अनुमति माग गरेको थियो। त्यसको १७ महिनापछि कम्पनीले आईपीओ निष्काशन अनुमति पाएको हो ।

मधेश प्रदेश कार्य क्षेत्र रहेको यस् लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।

यस अघि : बिजनेशपाना समाचार प्रभाव: स्वस्तिक लघुवित्तले पायो आईपीओ निष्काशन अनुमति

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...