Thursday, May 7, 2026
spot_img
spot_img

नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनिस लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्न स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

बुधबार स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन् ।

स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारिकक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरू सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना रहेको बताएका हुन् ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । उनले उहाँले गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको, सरकारले लगानी र कम्पनी दर्तासम्बन्धी प्रक्रिया सहज बनाउन ‘वान–स्टप सर्भिस सेन्टर’ स्थापना गरिसकेको, राष्ट्रिय बजेटले ऊर्जा, कृषि, सूचना प्रविधि, निर्माण र डिजिटल नवप्रवर्तनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट र व्यापार नियमहरू सजिलो बनाएको उल्लेख गरे ।

“नेपालमा व्यवसाय गर्न सजिलो, छिटो र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो । लगानीको लागि नीतिगत सुधारहरूका लागि महासंघले सरकारसँग निरन्तर पहल गर्‍यो” उनले भने, “फलस्वरुप लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी व्यापारसम्बन्धी कानूनहरू संशोधन भएका छन् । जसले नेपालमा लगानीको लागी सहज वातावरण बनेको छ ।”

नेपालसँग स्वच्छ ऊर्जामा विशाल सम्भावना रहेको, ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् क्षमताको उपयोग हुन बाँकी रहेको र क्षेत्रीय विद्युत् व्यापार बढाउँदै नयाँ प्रशारण पूर्वाधार निर्माण भइरहेकाले स्पेनी कम्पनीहरूका लागि यो उपयुक्त समय भएको अध्यक्ष ढकालको भनाइ छ । उनले स्पेनको व्यवसायिक समुदायलाई नेपाल भ्रमणका लागि लागि आमन्त्रणसमेत गरे ।

लगानीकर्ताहरू स्थिरता, स्पष्ट प्रक्रिया र भरपर्दो प्रणाली खोज्ने उल्लेख गर्दै अध्यक्ष ढकालले नेपाल पछिल्लो समय पूर्वाधार विकास , डिजिटल प्रणाली, भन्सार र वित्तीय पहुँच सुधारमा केन्द्रित भएको बताए । स्पेनस्थित नेपाली डायस्पोराको भूमिकाबारे चर्चा गर्दै उहाँले नेपाली उत्पादनको प्रवद्र्धन, लगानी आकर्षण र पर्यटन विकासमा नेपालका आर्थिक दूतको रूपमा कार्य गर्न आग्रह गरे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...
spot_img