Monday, August 31, 2026
spot_img
spot_img

युनाइटेड अजोड  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

युनाइटेड अजोड  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज असार १८ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभाको लागि असार १९  गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १८  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले असार ३० गतेको लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आ.ब. २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३  प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीको साधारणसभाको विशेष प्रस्तावमा हकप्रद अनुपात घटाउने प्रस्ताव पेश हुने छ। कम्पनीको २०८१ जेठ ३१ गते सम्पन्न विशेष साधारणसभाले १५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर अब आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी बढ्ने भएकोले अब १० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने प्रस्ताव कम्पनीले सभामा लैजान लागेको हो । १० प्रतिशत बोनस र १० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ५४ करोड १० लाख पुग्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड...

काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने

काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण...

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन...

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको...

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...