Saturday, May 2, 2026
spot_img
spot_img

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img
spot_img

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभाको लागि असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले असार ३० गतेको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आ.ब. २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्तावहरुः
(१)अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन २०८० / ८१ प्रस्तुत गरी अनुमोदन गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने ।

(३) लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

(४) संचालक समितिबाट प्रस्तावित ०.५२६३१६७९० प्रतिशत नगद लाभांस पारित गर्ने (बोनस शेयरको कर प्रयोजनार्थ) ।

(५) सर्वसाधारण शेयरधनीतर्फ (समूह ख ) बाट १ जना संचालकको निर्वाचन गर्ने ।

(६) संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने ।

बिशेष प्रस्तावहरु:
(१) संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस वितरणपछि कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने ।

(२) विशेष प्रस्ताव नं. १ बमोजिम बोनस शेयर जारी गरे पश्चात हुने शेयर संरचनामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सोही मुताबिक कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संसोधन गर्ने प्रस्ताव पारित गर्ने ।

(३) कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, आदि) ले आवश्यक सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img