Wednesday, May 6, 2026
spot_img
spot_img

४९ प्रतिशतले बढ्यो सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार सङ्ख्या

spot_img
spot_img
सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ ।
“सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या सन् २०२३ मा छ हजार २५५ रहेकोमा सन् २०२४ मा सो सङ्ख्या करिब ४९ प्रतिशतले वृद्धि भई नौ हजार ३०४ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।
गत वर्ष राष्ट्र बैंकमा प्राप्त प्रतिवेदनमध्ये सन् २०२४ मा जम्मा एक हजार ८९४ प्रतिवेदन विश्लेषण गरिएको जनाइएको छ । सोमध्ये एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ । यसरी पठाइएका प्रतिवेदनमध्ये ८०८ वटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको पनि राष्ट्र बैंकले उल्लेख गरको छ ।
त्यस्तै, सूचक संस्थाहरूले राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकामा गत वर्ष अर्थात् सन् २०२४ मा सो सङ्ख्या १९ लाख ७२ हजार ८५५ पुगेको जनाइएको छ ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरुको सङ्ख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । “सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संङ्या सन् २०२३ को अन्त्यमा एक हजार ४९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार ९०५ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर...

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र...

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img