Wednesday, May 6, 2026
spot_img
spot_img

राष्ट्र बैंकको गभर्नरले कति पाउँछन् तलव र भत्ता ?

spot_img
spot_img

लामो समयपछि सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले डा. विश्व पौडेललाई गभर्नर नियुक्त गरेको हो।

राष्ट्र बैंकको गभर्नर पद आकर्षक पद हो। आम जनताको हात हातमा पुग्ने नोटमा गभर्नरले हस्ताक्षर गर्छन् । साथै अर्थतन्त्र चलायमान बनाउन पनि गभर्नरको भूमिका विशेष हुन्छ। यस अलावा राष्ट्र बैंकको गभर्नरले आकर्षक सेवा सुविधा पनि पाउछन् ।

नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा सञ्चालक समितिले तोके बमोजिम हुने उल्लेख छ। गभर्नर आफै सञ्चालक समितिको अध्यक्ष हुन्छन् ।

आर्थिक वर्ष २०८०/८१ मा गभर्नर रहेका महाप्रसाद अधिकारीले तलव वापत १६ लाख ३२ हजार रुपैयाँ बुझेका थिए । यो भनेको मासिक १ लाख ३६ हजार हो । त्यस्तै गभर्नर सञ्चालक समितिको बैठक बस्दा प्रति बैठक ९ हजार रुपैयाँ बैठक भत्ता पाउछन् । सो वर्ष महाप्रसाद अधिकारीले बैठक भत्ता वापत ३ लाख ३३ हजार बुझेका थिए।

तलव र भत्ता बाहेक गभर्नरले इन्धन, सवारी साधन मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सुविधा, मेडिकल सुविधा वापत पनि रकम पाउछन् । आर्थिक वर्ष २०८०/८१ मा महाप्रसाद अधिकारीले यस शिर्षकमा कुल ४४ लाख ९७ हजार रुपैयाँ बुझेका थिए। यसरी सो वर्ष अधिकारीले कुल ६४ लाख ६२ हजार रुपैयाँ बुझेका थिए।

तलव, सेवा र सुविधाहरु परिमार्जन नभएमा विश्व पौडेलले पनि सोहि हाराहारीमा रकम पाउने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर...

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र...

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img