गोर्खाज फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिपक न्यौपानेले पाएका छन् । कम्पनीको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले हाल फाइनान्समा वरिष्ठ प्रबन्धक रहेका दिपक न्यौपनेलाई कायम मुकायम सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीका उनलाई २०८२ वैशाख १ गतेदेखि लागु हुने गरि कामु सीइओको जिम्मेवारी दिईएको हो। अर्को व्यवस्था नभएसम्मको लागि उनलाई कामु सीइओको जिम्मेवारी दिइएको कम्पनीले उल्लेख गरेको छ।
हाल फाइनान्सको का.मु. प्रमुख कार्यकारी अधिकृत रहेका मुकुन्द श्रेष्ठलाले संस्थाको कर्मचारी सेवा विनियमावली, २०७९ को विनियम ९६ बमोजिम २०८१ चैत्र ३१ पश्चात् उमेरहदका कारण अनिवार्य अवकाश पाउने कम्पनीले जनाएको छ ।













