Saturday, May 9, 2026
spot_img

लोडसेडिङ हटेसँगै निर्माण सामग्रीको भाउ घट्न थाल्यो

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणले विद्युतको लोड व्यवस्थापन गरेर औद्योगिक क्षेत्रमा भइरहेको दैनिक ८ देखि १२ घण्टा लामो लोडसेडिङ हटाएसँगै उद्योगहरुले निर्वाध उत्पादन गर्न थालेका छन् । जसका कारण निर्माणजन्य सामग्रीको भाउसमेत घट्न थालेको छ ।

भारतबाट पीक आवरमा समेत विद्युत आयात गरेर प्राधिकरणले औद्योगिक क्षेत्रमा चैत १५ गतेदेखि पूर्णरुपमा लोडसेडिङ हटाएसँगै निर्माणजन्य सामग्रीको मूल्य घट्न थालेको हो । उत्पादन बढ्न थालेपछि निर्माण सामग्रीको मूल्य पनि प्रतिस्पर्धी बन्न गई घ्टन थालेको उद्योगीहरुले बताएका छन् ।

स्टिलमा प्रतिकिलो ४ रुपैयाँ मूल्य घट्यो

निर्माणको सिजन चलिरहेका बेला स्टिलको मूल्य घटेको छ । उद्योगमा नियमित विद्युत आपुर्ति हुन थालेसँगै उत्पादन सहज भएर मूल्य घट्न थालेको नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले जानकारी दिइ । उनका अनुसार उद्योगमा लोडसेडिङ हटेसँगै मूल्य घटाइएको हो ।

‘चैत १५ गतेबाट उद्योगहरुले नियमित विद्युत् पाउन थालेसँगै लोडसेडिङकै कारण बढेको मूल्य केही मात्रामा घटेको छ’ अध्यक्ष न्यौपानेले भने, ‘विद्युत नियमित आपुर्ति हुँदा उत्पादन स्वभाविक रुपमा बढ्न थालेको छ, कच्चा पदार्थ बिग्रने क्रम पनि घटेको छ, त्यहीँ कारण मूल्य समायोजन गरिएको छ ।’

यसअघि स्टिलमा लोडसेडिङकै कारण प्रतिकिलो ९ रुपैयाँ ३३ पैसा मूल्यवृद्धि भएको थियो । लोडसेडिङका कारण उद्योगको लागत बढ्दा मूल्य पनि बढ्ने र अहिले क्रमशः लोडसेडिङ कम हटेकाले लागत कम हुन गई मूल्य पनि समायोजन हुन थालेको उद्योगीहरुको भनाइ छ । यद्यपी, अझै पनि लागत कम हुन सक्ने ठाउँ रहेको र यसबारे नेपाल विद्युत प्राधिकरणसँग कुराकानी भइरहेको उद्योगीहरुको भनाइ छ ।

अहिले स्टिलको बजार मूल्य प्रतिकिलो ८४ रुपैयाँदेखि ८६ रुपैयाँसम्म छ ।

सिमेन्टको मूल्य पनि ओरालो

सिमेन्टको भाउ पनि ओरालो लागेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अनुसार लोडसेडिङ हटेसँगै सिमेन्टको भाउ प्रतिबोरा २५ रुपैयाँसम्म घटेको छ । उद्योगीहरुले बोरामै २५ रुपैयाँ मूल्य घटाएर आफ्ना उत्पादन बजारमा पठाउन थालिसकेको बताइएको छ ।

अझै लागत कम हुन सक्ने भएकाले मूल्य पनि अझै घट्न सक्ने उद्योगीहरुको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेटले कसैलाई काखा र कसैलाई पाखा गर्दैनः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले सबै...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यमा नियुक्तिका...

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...
spot_img