नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । साधारणसभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने पनि एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् भने साधारसभामा भाग लिन पनि पाउने छन् ।











