Friday, May 8, 2026
spot_img
spot_img

मेलुङ थकालीः दोलखाली युवाको पौरखले फैलिरहेको मौलिक ‘ब्राण्ड’

spot_img
spot_img

थकाली खानाका पारखीहरु स्वादिष्ट र स्थानीय परिकारको खोजीमा हुन्छन् । खासगरि, रैथाने थकाली खानका पारखीहरु काठमाडौँ उपत्यकामा त्यस्ता ठाउँहरुको खोजीमा रहन्छन् ।

अब स्थानीय र स्वादिष्ट थकाली खानाको परिकार उपलब्ध गराउने गरि बालुवाटारमा मेलुङ थकाली सञ्चालनमा आएको छ । मेलुङ दोलखाको गाउँपालिका हो । गाउँलाई शहरसँग जोड्दै गाउँकै उत्पादनलाई काठमाडौँसम्म ल्याएर शहरीया जनजीवनलाई रैथाने परिकार खुवाउने उदेश्यले वसन्त लामाले मेलुङ थकाली सञ्चालनमा ल्याएका हुन् ।

लामा आफैँ मेलुङबासी हुन् । उनकै नेतृत्वमा २ वर्ष अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मेलुङ थकाली सञ्चालनमा आएको थियो । बालुवाटारमा खुलेको मेलुङ थकाली आठौँ आउटलेट हो ।

दोलखाको मेलुङ गाउँपालिका–३ घ्याङसुकाठोकरका लामा उक्त वडाको वडाध्यक्ष पनि हुन् । द बर्गर हाउस जन्माएर फ्रेन्चाइजमार्फत देशब्यापी बनाइरहेका उनले मेलुङ थकालीका आउटलेट भने आफैँले खोलिरहेका छन् । थकाली खानाका लागि प्रख्यात मुस्ताङको थकाली समुदायकै कुनै घर आँगनमा पुगेको जस्तो अनूभूति हुने गरि सबै डिजाइन गरिएको छ ।

आफ्नो गाउँ ठाउँलाई शहरमा ब्राण्डिङ गर्ने उदेश्यका साथ जन्मिएको मेलुङ थकालीका कोठाको नामाकरण पनि मेलुङ गाउँपालिकाको ७ वटै वडाको नामबाट गरिएको छ । सुकाठोकर, पवटी, घ्याङ, भेड्पु, डाडाखर्क, मेलुङ र विरौटा नाम राखिएको छ ।

मुस्ताङको थकाली समुदायको घरभित्र छिरेजस्तै अनूभूति हुने गरि दाउरा, ढुङ्गा र माने राखिएका छन् । दोलखाबाट ढुङ्गा ल्याएर बिच्छ्याइएको छ । हात धुने ठाउँमा ‘जोर धारा’ लेखिएको छ, जुन वसन्तको गाउँमा पर्छ । ढुङ्गाले कुँदेर संरचना बनाएर गाउँको झल्को दिने गरि नाम पनि जोर धारा राखिएको उनको भनाइ छ ।

माछा, बासमती चामल, गुन्द्रुक, भटमास, टिमुर, लगायतका भान्छामा चाहिने सामान दोलखाबाटै आउँछ । ‘तमाकोशीको माछा ल्याउँछौँ, अरु सामान पनि सकेसम्म उतैबाट ल्याउँछौँ, ढुङ्गा पनि दोलखा र काभ्रेबाट ल्याएका हौँ’ वसन्तले सुनाए । तामाकोशीको माछा र फापरको ढिडोलाई मेलुङ थकालीले विशेष परिकारका रुपमा राखेको छ ।

‘३ करोड लगानी मेलुङ थकालीमा बालबालिका खेल्ने ठाउँ पनि बनाइएको छ । इलेक्ट्रिक गाडीको चार्जिङ स्टेशन पनि राखिँदैछ । एकैपटक २५० जनालाई सेवा दिन सक्ने क्षमता मेलुङ थकालीमा छ ।

हालसम्म मेलुङ थकालीका आउटलेटहरु ८ वटा पुगेका छन् । एयरपोर्ट, शंखमुल, गठ्ठाघर, बनेपा, बौद्ध, अत्तरखेलमा सञ्चालनमा आइसकेको छ ।

‘यसको फ्रेन्चाइज माग हुन थालेको छ, तर हामीले काठमाडौँ उपत्यकाभित्र फ्रेन्चाइज नदिने नीति लिएका छौँ’ लामाले भने, ‘अब ८/९ महिना पछि अर्को आउटलेटको पनि प्लान बनाउँछौँ, ललितपूर एरियामा जाने सोच छ ।’

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img