Wednesday, June 24, 2026
spot_img

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया झन् जटिल, आइतबार अनुपस्थित ३ जना आज पनि नजाने !

spot_img
spot_img

नेपाल धितोपत्र वोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचि ( Short list) मा समावेश भएका तर पहिलो चरणमा अन्तर्वार्ता तथा प्रस्तुतिकरणको लागि नगएका उमेदवारहरुलाई आज असार ५ गते बुधबार पुन: बोलाईएको छ । असार २ गते  कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्तामा उपस्थित नभएका ३ जनालाई आज बुधबार बिहान बजे राष्ट्रिय योजना आयोगको सभाहलमा बोलाईएको छ।

बोर्ड अध्यक्षको लागि ५ जना सर्टलिस्ट भएका थिए । जस मध्ये असार २ गते सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्तामा उपस्थित भए। सो दिन उपस्थिति हुनु पर्ने डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरन्जीवी चापागाई उपस्थित भएनन् । उनीहरुलाई आज बोलाईएको छ ।

तर उनीहरु सबैको मोबाइल अफ छ । अर्थात् उनीहरु आज पनि जाने सम्भावना कम छ । हाल् नेप्सेको सीइओ रहेका कृष्णबहादुर कार्की रसुवा पुगेको बताईएको छ । त्यस्तै धितोपत्र बोर्ड कै कार्यकारी निर्देशक रहेका डा. नवराज अधिकारीको पनि मोबाइल अफ छ । बोर्ड कै एक निर्देशकले सार्वजनिक रुपमा मै बुधबार बेलुका ‘हाकिमसाप आजसम्म पनि फोन अफ गरेर लापता छन, भोलि पनि सिंहदरबार छिर्दैनन् जस्तो लाग्यो ।’ भनी सामाजिक संजालमा टिप्पणी गरेका छन् । उनीहरु ३ जनाले सल्लाह नै गरेर अन्तर्वार्ताको लागि नगएको बजार चर्चा छ । यस्तो अवस्थामा चापागाई पनि अन्तर्वार्ताको लागि नजाने बुझिएको छ । उनी पनि काठमाडौँ बाहिर भएको बताईएको छ ।

कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ता पछि बोर्ड अध्यक्षको लागि कम्तिमा ३ जनाको नाम सिफारिस गर्नु पर्ने व्यवस्था छ। तर अब २ जनाले मात्र कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ता दिएकोले के गर्ने भन्ने जटिलता थपिएको छ ।

अर्थमन्त्री वर्षमान पुनमाथि जसरि पनि ३ जनाको नाम सिफारिस गर्नु पर्ने दबाब छ । तर उनी आफै भने फेरी नयाँ आवेदन गरेर नयाँ प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्ति अगाडी बढाउँन चाहन्छन् ।

अब धितोपत्र बोर्डमा आउने अध्यक्षले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने भएकोले लाईसेन्सको लागि आवेदन दिएका समुहहरु आफु अनुकुलको पात्रलाई बोर्ड अध्यक्ष बनाउन सम्पूर्ण शक्ति लगाएका छन् । सोहि कारण बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया जटिल हुने देखिएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बोर्ड अध्यक्षका लागि सिफारिस समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। तर २ जना मात्र अन्तर्वार्ताको लागि आए के गर्ने भन्नेबारे कहिँ कतै उल्लेख छैन ।  सोहि कारण  अब यो विषय अदालत पुगेर टुंगिन सक्ने केहि जानकारहरु बताउछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img