क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आईपीओमा आवेदन दिने आज माघ २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई माघ १५ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको । शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।













