Thursday, June 18, 2026
spot_img

वैदेशिक रोजगारीमा रहेकालाई एकसाथ दुई वटा आईपीओ, हालसम्म कति पर्यो आवेदन ?

spot_img
spot_img

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हाल एक साथ दुई वटा कम्पनीको आईपीओ खुला रहेको छ। हाल दुई वटा माइक्रो इन्स्योरेन्स कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ खुला रहेको हो ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले  माघ ८ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा माघ १६ गते साँझसम्ममा ४४ हजार ५ सय ३ जनाले १४ लाख २५ हजार ८ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्स  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २९  गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १० हजार  कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

माघ १६ गते साँझसम्ममा कम्पनीको आईपीओमा २३ हजार ९ सय ४६ जनाले ६ लाख ६८ हजार ५ सय ७० कित्ताको लागि आवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको । शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीइओ र संचालकसँग राष्ट्र बैंकले माग्यो १० थरी विवरण, विदेशको सम्पत्ति खुलाउनु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग १० थरी...

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

मोबाइल प्रविधिको पाँचौँ पुस्ता फाइभ जी प्रविधि भित्र्याउन सरकार...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलाई सहयोग

सिटिजन्स बैंकले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ मा अवस्थित...

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...

बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र...
spot_img