Wednesday, June 18, 2025
spot_img

म्यानपावर कम्पनीका सञ्चालकहरु विदेश जाँदा साट्न पाउने डलरको सीमा बढ्यो

spot_img
spot_img

राष्ट्र बैंकले म्यानपावर कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरु विदेशमा प्रचार तथा प्रवद्र्धनका लागि जाँदा साट्न पाउने डलरको सीमा बढाएको छ । मौद्रिक नीतिले गरेका व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गर्दै म्यानपावर कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरु विदेशमा प्रचार तथा प्रवद्र्धनका लागि जाँदा साट्न पाउने डलरको सीमा बढाएको हो ।

यसअघि वार्षिक १ सय जनासम्म कामदार पठाउने म्यानपावर कम्पनीले विदेशमा प्रचार गर्न जाँदा एक आर्थिक वर्षमा एक पटक वा पटक पटक गरि १५ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँदै आएका थिए । अब वार्षिक १ सय जनासम्म कामदार पठाउने म्यानपावर कम्पनीले एक पटक वा पटक पटक गरि २५ हजार अमेरिकी डलरसम्म यस्तो सटही सुविधा पाउनेछन् ।

यस्तै, वार्षिक १ सय जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले यसअघि वार्षिक एकपटक वा पटक पटक गरि २० हजार डलर सम्मको सटही सुविधा पाउँदै आएकोमा अब यसको सीमा बढाएर एक पटक वा पटक पटक गरि वार्षिक ३० हजार डलर पुर्याइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...

ग्लोकल टीन हिरोको लागि आवेदन आह्वान

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को...
spot_img