Friday, November 14, 2025
spot_img

सौर्य एयर दुर्घटनाबारे वायुसेवा सञ्चालक संघले भन्यो, ‘दुर्घटना कसैको चाहना हुँदैन’

spot_img

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे वायु सेवा सञ्चालकले मुख खोलेको छ । संघले गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना भए पश्चात आइरहेका समाचारहरुप्रति टिप्पणी गर्दै दुर्घटना कसैले पनि नचाहने भएकाले अनावश्यक टिकाटिप्पणी नगर्न अनुरोध गरेको छ ।

‘घटना÷दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर पनि हुने होइन र यो कसैको नियन्त्रणमा नहुने हुदाँ दुर्घटनालाई आधार बनाई विभिन्न माध्यमहरुमा सदस्य वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरेको टिकाटिप्पणीका सम्बन्धमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले निदृष्ट गरेको प्रावधान अनुरुप वायुसेवा कम्पनीहरु तथा नागरिक उड्डयन प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेको जनाएको छ । प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने सुझावहरु वायुसेवा कम्पनीहरुले अक्षरस पालना गर्दै आएको पनि विज्ञप्तिमा जनाइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img