Saturday, September 5, 2026
spot_img

सौर्य एयर दुर्घटनाबारे वायुसेवा सञ्चालक संघले भन्यो, ‘दुर्घटना कसैको चाहना हुँदैन’

spot_img

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे वायु सेवा सञ्चालकले मुख खोलेको छ । संघले गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना भए पश्चात आइरहेका समाचारहरुप्रति टिप्पणी गर्दै दुर्घटना कसैले पनि नचाहने भएकाले अनावश्यक टिकाटिप्पणी नगर्न अनुरोध गरेको छ ।

‘घटना÷दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर पनि हुने होइन र यो कसैको नियन्त्रणमा नहुने हुदाँ दुर्घटनालाई आधार बनाई विभिन्न माध्यमहरुमा सदस्य वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरेको टिकाटिप्पणीका सम्बन्धमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले निदृष्ट गरेको प्रावधान अनुरुप वायुसेवा कम्पनीहरु तथा नागरिक उड्डयन प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेको जनाएको छ । प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने सुझावहरु वायुसेवा कम्पनीहरुले अक्षरस पालना गर्दै आएको पनि विज्ञप्तिमा जनाइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...