Friday, February 27, 2026
spot_img

वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित ‘I Jatra’ कार्यक्रम सिमरामा सम्पन्न

spot_img
spot_img

वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोर्डर्स सँगको कार्यक्रम कार्यान्वयन सहकार्यमा आयोजित ‘I Jatra’ कार्यक्रम सिमराको नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा सम्पन्न भएको छ ।

‘I Jatra’ iLab परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा बिक्री मेला हो । कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार, खेल गतिविधि जस्ता सिर्जनात्मक उत्पादन तथा सेवा प्रस्तुत गरेका छन्।

करिब छ महिना अघि विद्यार्थीहरूले iLab तालिम लिएका थिए । तालिमपछिको निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र समूहगत कार्यका आधारमा ‘I Jatra’ आयोजना गरिएको हो । विगत दुई वर्षदेखि वल्डलिंक कम्युनिकेशन्स को सामाजिक उत्तरदायित्वअन्तर्गत iLab कार्यक्रम ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ । यसअघि ललितपुर र दार्चुलामा ‘I Jatra’ सम्पन्न भइसकेको छ भने सिमरामा यस पटक गरिएको छ ।

कार्यक्रममा बोल्दै वल्डलिंककी CSR निर्देशक अनुपा भण्डारी जालानले देशबाट दैनिक ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने अवस्थालाई उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। विद्यार्थीलाई किताबीय ज्ञानमा सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको उनले बताइन्।

साथै, भण्डारी जालानले, कार्यक्रममा स्थानीय सरकार र सरोकारवालालाई विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण र व्यवसायीकरणमा व्यवस्थापन गर्नु पर्ने उल्लेख गर्नु भयो । यस्तो सहकार्यले विद्यालयस्तरबाटै उद्यमशील संस्कृति विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास आसा व्यक्त गरिन् ।

‘I Jatra’ कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्म प्रत्यक्ष अनुभव प्राप्त गर्दै व्यवहारिक सीप विकास गरेका छन्। यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र टोलीमा काम गर्ने दक्षता अभिवृद्धि गरेको छ। आफ्नै उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसरले आत्मविश्वास बढाउनुका साथै बजारको माग र ग्राहक व्यवहार बुझ्ने व्यावहारिक ज्ञानसमेत प्रदान गरेको छ।

वल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको भए पनि पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोली हान्ने आदेशबारे खुलासा गरिएको BBC को डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र

विश्व चर्चित मिडिया बीबीसीले आज सार्वजनिक गरेको जेन्जी प्रदर्शनबारेको...

बर्दघाट लगानी फोरम सम्पन्न, क-कसले के भने ?

बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले...

१६५ वटै क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

सुपर खुदी हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ...

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सको नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’ उद्घाटन

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सले आफ्नो नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’बाट...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश गरेको...
spot_img