Friday, May 23, 2025
spot_img

सौर्य एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन

spot_img

सरकारले सौर्य एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिश चन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगको सदस्यहरुमा वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्। त्यस्तै आयोगको सदस्य सचिवमा एयर ट्राफिक कन्ट्रोलर मुकेश डंगोल रहेका छन् ।

यस आयोगले दुर्घटनाको कारण पत्ता लगाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनको लागि सुझाव सहित ४५ दिन भित्र आफ्नो प्रतिवेदन पेश गर्ने छ ।

सरकारले सौर्य एयरलायन्सको जहाज दुर्घटना भएपछिको दुखद घडीमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आज बुधबार बिहान काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा उडेको केहि बेर मै सौर्य एयरलायन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो । सौर्य एयरलायन्सको ९एन-एएमई कल साइनको जहाज दुर्घटना भएको हो। जहाजमा चालक दलका २ जना सदस्य र सौर्य एयरलायन्स कै १७ जना कर्मचारी गरि १९ जना सवार थिए। दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ छ भने जहाजका क्याप्टेन घाइते भएका छन्।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img