Sunday, June 14, 2026
spot_img

सौर्य एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन

spot_img
spot_img

सरकारले सौर्य एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिश चन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगको सदस्यहरुमा वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्। त्यस्तै आयोगको सदस्य सचिवमा एयर ट्राफिक कन्ट्रोलर मुकेश डंगोल रहेका छन् ।

यस आयोगले दुर्घटनाको कारण पत्ता लगाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनको लागि सुझाव सहित ४५ दिन भित्र आफ्नो प्रतिवेदन पेश गर्ने छ ।

सरकारले सौर्य एयरलायन्सको जहाज दुर्घटना भएपछिको दुखद घडीमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आज बुधबार बिहान काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा उडेको केहि बेर मै सौर्य एयरलायन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो । सौर्य एयरलायन्सको ९एन-एएमई कल साइनको जहाज दुर्घटना भएको हो। जहाजमा चालक दलका २ जना सदस्य र सौर्य एयरलायन्स कै १७ जना कर्मचारी गरि १९ जना सवार थिए। दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ छ भने जहाजका क्याप्टेन घाइते भएका छन्।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...
spot_img