Friday, January 30, 2026
spot_img

आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक विदा

spot_img
spot_img

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

शहिद दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अमेरिका-इरान तनाव बढ्दै, दुबै देश युद्दको लागि तयारी अवस्थामा

अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति...

चाँदीको कारोबार गर्ने हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो एजिएम

हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले...

बाह्य अडिटपछि बैंकहरुको खुदनाफामा कति देखिन्छ धेरै ठूलो अन्तर ?

सबै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो...

तोलामा २० हजार ५ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, आजदेखि परीक्षण सुरु हुँदै

निर्माण सम्पन्न भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आज...

मन्त्रिपरिषद् बैठक: राष्ट्रपतिको जापान भ्रमण स्वीकृत, प्रहरीको रासन स्केल वृद्धि

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ...
spot_img
spot_img