सरकारले ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ ले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आज माघ १५ गते बसेको मन्त्रिपरिषदको बैठकले ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ ले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृह मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।
अर्थ मन्त्री रामेश्वर खनालको प्रस्तावमा मङ्सिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाको लागि आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरेको थियो। समितिले प्रतिवेदन बुझाईसकेको छ ।
यस समितिमा नेपाल धितिपत्र बोर्डबाट कार्यकारी निर्देशक रुपेश केसी, नेप्सेबाट प्रवक्ता मुराहरी पराजुली, राष्ट्र बैंकबाट निर्देशक सुभाषचन्द्र घिमिरे र विज्ञ सदस्यको रुपमा नेपाल धितोपत्र बोर्डका अवकाश प्राप्त कार्यकारी निर्देशक निरज गिरी थिए। अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव शरद निरौला समितिको सदस्य सचिव थिए।
यस अघि : नेप्से पुनर्संरचना सुझाव समितिले बुझायो प्रतिवेदन, सरकारको शेयर शुन्यमा झार्न सिफारिस












