प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले डा. खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. खतिवडा यसअघि ओली नेतृत्वकै मन्त्रिपरिषदमा अर्थमन्त्री थिए । उनी राष्ट्र बैंकका पूर्व गर्भनर पनि हुन् ।