Wednesday, June 24, 2026
spot_img

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, संसदबाट पाएनन् विश्वासको मत

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि उनी स्वत: पदमुक्त भएका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा ६३ मत आएको छ भने विपक्षमा १९४ मत आएको छ। त्यस्तै तटस्थमा १ मत परेको छ । आज संसदमा २५८ जना सांसद उपस्थिति थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वास प्राप्त गर्नका लागि १३८ मत चाहिनेमा प्रचण्डले त्यो भन्दा कम मत पाएपछि उनी स्वत: पदमुक्त भएका हुन् ।

उनले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा पाँचौं पटक संसदबाट विश्वासको मत माग्नु परेको हो । यसअघि ४ पटक विश्वासको मत पाएका उनी पाँचौ पटकमा भने विश्वासको मत पाउन असफल भए ।

कांग्रेस र एमालेले सत्ता साझेदारीका लागि सात बुँदे सहमति गरेर एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । संविधानको धारा १०० (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

विश्वासको मत नपाएर प्रचण्ड स्वत: पदमुक्त भएपछि अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरि आज नै कांग्रेस र एमालेले नयाँ सरकारको लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img