Thursday, November 13, 2025
spot_img

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, संसदबाट पाएनन् विश्वासको मत

spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि उनी स्वत: पदमुक्त भएका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा ६३ मत आएको छ भने विपक्षमा १९४ मत आएको छ। त्यस्तै तटस्थमा १ मत परेको छ । आज संसदमा २५८ जना सांसद उपस्थिति थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वास प्राप्त गर्नका लागि १३८ मत चाहिनेमा प्रचण्डले त्यो भन्दा कम मत पाएपछि उनी स्वत: पदमुक्त भएका हुन् ।

उनले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा पाँचौं पटक संसदबाट विश्वासको मत माग्नु परेको हो । यसअघि ४ पटक विश्वासको मत पाएका उनी पाँचौ पटकमा भने विश्वासको मत पाउन असफल भए ।

कांग्रेस र एमालेले सत्ता साझेदारीका लागि सात बुँदे सहमति गरेर एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । संविधानको धारा १०० (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

विश्वासको मत नपाएर प्रचण्ड स्वत: पदमुक्त भएपछि अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरि आज नै कांग्रेस र एमालेले नयाँ सरकारको लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img