Friday, November 14, 2025
spot_img

मौद्रिक नीति सञ्जीवनी बुटी हुने निजी क्षेत्रको आशा छ: अध्यक्ष चन्द्र ढकाल

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी मौद्रिक नीति निजी क्षेत्रको लागि सञ्जीवनी बुटी बनेर आउने विश्वास व्यक्त गरेको छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नितीको लागि सुझाव दिन महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिबाट निजी क्षेत्र आशावादी रहेको बताएका हुन् ।

उद्योगी व्यवसायीमा निराशा रहेकोले अहिले देखिएका विभिन्न समस्या मौद्रिक नीतिले त्यसको सम्बोधन गर्नु पर्ने उनले बताए। सहकारी र लघुवित्तमा समस्या आउँदा गाउँ गाउँमा कर्जा विस्तार रोकिएकोले पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

अर्थतन्त्रको समस्या सहज रुपमा अवतरण गर्नुपर्ने भएकोले हुन सक्ने सम्मको लचकता मौद्रिक नीतिले अपनाओस् भन्ने महासंघको चाहना रहेको उनले बताए । उनले भने ‘महँगी बढिरहेको छ, सर्वसाधारणको क्रयशक्ति बढ्न सकेको छैन
लगानी बढ्न नसकेकोकाले नयाँ रोजगारी सिर्जना हुन सकेको छैन, रेमिटेन्स बढेको भए पनि त्यो पैसा बैंकमा थुप्रिएकोछ, उद्योगहरु ३०/४० प्रतिशतमा चलेका छन्, यी समस्याको समाधान हुनु पर्छ’।

उनले उत्पादनमूलक उद्योगमा ब्याजको लागि केही सहुलियत हुनु पर्ने बताए । अर्थतन्त्र चलायमान बनाउन सक्ने गरि बजेट नआएकोले अब  उद्योगी व्यवसायीले मौद्रिक नीतिमा अपेक्षा गरेकोले बजारमा माग सिर्जना गर्न नीतिगत सहजीकरण हुन आवश्यक रहेको उनको भनाई छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img