Wednesday, June 18, 2025
spot_img

कोपाको फाइनल खेलबारे यामलले भने, ‘गुड लक मेस्सी’

spot_img
spot_img

आइतबार मध्यराति युरो कप २०२४ को फाइनल खेल हुँदैछ भने सोमबार बिहान कोपा अमेरिका २०२४ को फाइनल खेल हुँदैछ । यी दुई ठूला प्रतियोगिताका फाइनल खेलअघि स्पेनका युवा खेलाडी लामिने यामलले कोपा अमेरिकाको फाइनल खेलबारे बोल्दै अर्जेन्टिनालाई जितका लागि शुभकामना दिएका छन् ।

अर्जेन्टिनाले ले सोमबार बिहान कोपा अमरिकाको फाइनलमा कोलम्बियाको सामना गर्दैछ । त्यसअघि यामलको टिम स्पेनले युरो कपको फाइनलमा इंग्ल्यान्डको सामना गर्दैछ । जारी युरो कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका यामलले कोपा अमेरिका मेस्सीको टिमले जितोस् भन्ने चाहेका छन् ।

यामलले आफूले स्पेनका साथमा युरो कप जित्दै गर्दा मेस्सीले अर्जेन्टिनाका साथमा कोपा अमेरिका जितेको हेर्ने रहर भएको बताएका छन् । यदि यी दुई टिमले फाइनल जिते भने यसै वर्ष दुई महादेशका च्याम्पियन टिमबीच सुपर कप प्रतियोगीतामा आमनेसामने हुनेछन् । यदि स्पेनले युरो जितेको खण्डमा यामल सुपर कपको फाइनलमा मेस्सी र उनको टिमविरुद्ध खेल्नेछन् ।

‘मलाई विश्वास छ, मैले स्पेनका साथमा युरो जित्नेछु, त्यसपछि मेस्सी र अर्जेन्टिनाले कोपा अमेरिका जितून्’ यामलले भने, ‘यदि कोपा अमेरिका अर्टेन्टिनाले जितेमा म सुपर कपको फाइनलमा मेस्सी र उनको टिमविरुद्ध खेल्न पाउनेछु । यदि त्यसो भयो भने त्यो मेरा लागि अद्भुत क्षण हुनेछ, म मेस्सी र अर्जेन्टिनालाई कोपाको फाइनलका लागि गुड लक भन्न चाहन्छु ।’

यामल मेस्सीलाई आइडल मान्छन् । यामल ६ महिनाको हुँदा मेस्सीले उनलाई बोकेर नुहाउँदै गरेका तस्बिर यतिबेला सामाजिक सन्जालमा छाइरहेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img