Wednesday, June 24, 2026
spot_img

कोपाको फाइनल खेलबारे यामलले भने, ‘गुड लक मेस्सी’

spot_img
spot_img

आइतबार मध्यराति युरो कप २०२४ को फाइनल खेल हुँदैछ भने सोमबार बिहान कोपा अमेरिका २०२४ को फाइनल खेल हुँदैछ । यी दुई ठूला प्रतियोगिताका फाइनल खेलअघि स्पेनका युवा खेलाडी लामिने यामलले कोपा अमेरिकाको फाइनल खेलबारे बोल्दै अर्जेन्टिनालाई जितका लागि शुभकामना दिएका छन् ।

अर्जेन्टिनाले ले सोमबार बिहान कोपा अमरिकाको फाइनलमा कोलम्बियाको सामना गर्दैछ । त्यसअघि यामलको टिम स्पेनले युरो कपको फाइनलमा इंग्ल्यान्डको सामना गर्दैछ । जारी युरो कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका यामलले कोपा अमेरिका मेस्सीको टिमले जितोस् भन्ने चाहेका छन् ।

यामलले आफूले स्पेनका साथमा युरो कप जित्दै गर्दा मेस्सीले अर्जेन्टिनाका साथमा कोपा अमेरिका जितेको हेर्ने रहर भएको बताएका छन् । यदि यी दुई टिमले फाइनल जिते भने यसै वर्ष दुई महादेशका च्याम्पियन टिमबीच सुपर कप प्रतियोगीतामा आमनेसामने हुनेछन् । यदि स्पेनले युरो जितेको खण्डमा यामल सुपर कपको फाइनलमा मेस्सी र उनको टिमविरुद्ध खेल्नेछन् ।

‘मलाई विश्वास छ, मैले स्पेनका साथमा युरो जित्नेछु, त्यसपछि मेस्सी र अर्जेन्टिनाले कोपा अमेरिका जितून्’ यामलले भने, ‘यदि कोपा अमेरिका अर्टेन्टिनाले जितेमा म सुपर कपको फाइनलमा मेस्सी र उनको टिमविरुद्ध खेल्न पाउनेछु । यदि त्यसो भयो भने त्यो मेरा लागि अद्भुत क्षण हुनेछ, म मेस्सी र अर्जेन्टिनालाई कोपाको फाइनलका लागि गुड लक भन्न चाहन्छु ।’

यामल मेस्सीलाई आइडल मान्छन् । यामल ६ महिनाको हुँदा मेस्सीले उनलाई बोकेर नुहाउँदै गरेका तस्बिर यतिबेला सामाजिक सन्जालमा छाइरहेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...
spot_img