आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा किर्तीमानी उचाईबाट ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ६ हजार ५७ रुपैयाँ ५० पैसा तोकिएको छ ।













