बुद्द एयरले आजदेखि नयाँ वेभसाईटको सुरुवात गरेको छ । वेभसाईटबाट सजिलै टिकट बुकिङ गर्न सकिन्छ । केही क्लीकमै फ्लाईट स्टाटस, कार्गो ट्रेसिङ पनि गर्न सकिन्छ । साथै अन्य जानकारीहरु पनि वेभसाइटबाट सजिलै लिन सकिने कम्पनीले जनाएको छ ।
यसैबीच, बुद्ध एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरुका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्म डिस्काउण्ट अफर पनि ल्याएको छ । कम्पनीले प्रोमोकोड प्रयोग गरेर डिस्काउण्ट पाउन सकिने अफर ल्याएको हो ।
वेभसाईटमार्फत उडान बुकिङ गर्दा FLYTOVOTE प्रोमोकोड प्रयोग गरि ३ सय रुपैयाँ डिस्काउण्ट लिन सकिन्छ । यो अफर हरेक दिन पहिला टिकट काट्ने ३०० यात्रुहरुका लागि तय गरिएको कम्पनीले जनाएको छ ।












