Tuesday, June 9, 2026
spot_img

८ जना कानुनविदसँग राष्ट्रपतिको छलफल, ७६ को कुन उपधाराबाट सुरु होला सरकार गठन प्रक्रिया ?

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविदहरुसँग छलफल गरेका छन् । उनले नयाँ सरकार गठनको प्रक्रियाका सन्दर्भमा कानुनविदहरुसँग छलफल गरेका हुन् ।

छलफलका लागि शितलनिवास निम्त्याइएका ८ जना कानुनविदहरुमध्ये ७ जनाले संविधानको ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई सुझाव दिएका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार छलफलका लागि बोलाइएका सबैजसो कानुनविदले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई सुझाव दिएका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले मात्रै धारा ७६(२) अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएकाले अब धारा ७६(३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका छन् ।

अर्का कानुनविद एवम् कानुनका प्राध्यापक डा. विपिन अधिकारीले राष्ट्रपतिले संविधानको कुनै धारा उल्लेख नगरि पनि सरकार गठनका लागि आह्वान गर्न सक्ने सुझाव दिएका छन् ।

अन्य कानुनविदहरु नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्णमान शाक्य, विपिन अधिकारी, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, र सीताराम केसीले धारा ७६(२) अनुसार नै सरकार गठन गर्न सुझाव दिएका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img