Thursday, November 13, 2025
spot_img

८ जना कानुनविदसँग राष्ट्रपतिको छलफल, ७६ को कुन उपधाराबाट सुरु होला सरकार गठन प्रक्रिया ?

spot_img

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविदहरुसँग छलफल गरेका छन् । उनले नयाँ सरकार गठनको प्रक्रियाका सन्दर्भमा कानुनविदहरुसँग छलफल गरेका हुन् ।

छलफलका लागि शितलनिवास निम्त्याइएका ८ जना कानुनविदहरुमध्ये ७ जनाले संविधानको ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई सुझाव दिएका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार छलफलका लागि बोलाइएका सबैजसो कानुनविदले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई सुझाव दिएका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले मात्रै धारा ७६(२) अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएकाले अब धारा ७६(३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका छन् ।

अर्का कानुनविद एवम् कानुनका प्राध्यापक डा. विपिन अधिकारीले राष्ट्रपतिले संविधानको कुनै धारा उल्लेख नगरि पनि सरकार गठनका लागि आह्वान गर्न सक्ने सुझाव दिएका छन् ।

अन्य कानुनविदहरु नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्णमान शाक्य, विपिन अधिकारी, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, र सीताराम केसीले धारा ७६(२) अनुसार नै सरकार गठन गर्न सुझाव दिएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img