Tuesday, June 9, 2026
spot_img

कोपा अमेरिकाः उरुग्वे रोकियो, १० खेलाडीमा सीमित कोलम्बिया फाइनलमा

spot_img
spot_img

उत्कृष्ट लयमा रहेको कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फुटबल २०२४ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले बलियो टोली उरुग्वेलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफमै १० खेलाडीमा सिमित भएको कोलम्बियाले यसका बाबजुद पनि प्रमुख उपाधि दाबेदार उरुग्वेको यात्रा सेमिफाइनलमै रोकिदिएको हो ।

कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफर्सन लेर्माले गोल गरेर अग्रता दिलाएका थिए । उनको गोलमा कप्तान हामेस रोड्रिग्वेजले असिस्ट गरेका थिए । गोल गरेको ६ मिनेटमै कोलम्बिया १० खेलाडीमा सिमित भयो । डिफेन्डर ड्यानिएल मुनोज दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । यसपछि कोलम्बिया १० खेलाडीमा डाउन भएको थियो ।

कोलम्बियासँग एक खेलाडी कम भएपनि उरुग्वेले गोल फर्काउन नसक्दा यसको यात्रा सेमिफाइनलमै समाप्त हुन पुग्यो ।

कोलम्बियाले अब कोपाको उपाधिका लागि साबिक च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img