Friday, March 21, 2025
spot_img
spot_img

कोपा अमेरिकाः उरुग्वे रोकियो, १० खेलाडीमा सीमित कोलम्बिया फाइनलमा

उत्कृष्ट लयमा रहेको कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फुटबल २०२४ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले बलियो टोली उरुग्वेलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफमै १० खेलाडीमा सिमित भएको कोलम्बियाले यसका बाबजुद पनि प्रमुख उपाधि दाबेदार उरुग्वेको यात्रा सेमिफाइनलमै रोकिदिएको हो ।

कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफर्सन लेर्माले गोल गरेर अग्रता दिलाएका थिए । उनको गोलमा कप्तान हामेस रोड्रिग्वेजले असिस्ट गरेका थिए । गोल गरेको ६ मिनेटमै कोलम्बिया १० खेलाडीमा सिमित भयो । डिफेन्डर ड्यानिएल मुनोज दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । यसपछि कोलम्बिया १० खेलाडीमा डाउन भएको थियो ।

कोलम्बियासँग एक खेलाडी कम भएपनि उरुग्वेले गोल फर्काउन नसक्दा यसको यात्रा सेमिफाइनलमै समाप्त हुन पुग्यो ।

कोलम्बियाले अब कोपाको उपाधिका लागि साबिक च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ ।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img