Thursday, June 25, 2026
spot_img

सर्वोत्तम सिमेन्टको नाफा घट्यो, सोनापुर सिमेन्ट घाटामा

spot_img
spot_img

आर्थिक वर्ष २०८०/८१ मा सर्वोत्तम सिमेन्टको खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १८.५१ प्रतिशतले घटेको छ।

यस अवधिमा कम्पनीले १७ करोड ४२ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको कम्पनीको खुद नाफा २१ करोड ३८ लाख थियो । यस अवधिमा कम्पनीको आम्दानी भने १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड पुगेको छ।

कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा तथा प्रति शेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रहेको छ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार कम्पनी घाटामा गएको छ।  यस अवधिमा कम्पनी  ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा गएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ६२ लाख थियो ।

कम्पनीको आम्दानी पनि ५.२२ प्रतिशतले घटेर १ अर्ब ६३ करोडमा सिमित भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा  २९ करोड २१ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीओ रिजर्भ पनि ६३.५७ प्रतिशत घटेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img