कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ। बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको यस अवधिको तुलनामा बैंकको खुद नाफा २२.३४ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोडबाट बढेर १ अर्ब १ अर्ब २१ करोड पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १४ करोड ५३ लाखबाट बढेर १५ करोड ८६ लाख पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब २९ करोडबाट बढेर १ अर्ब ४२ करोड पुगेको छ । यस अवधिमा बैंकले सम्भवित जोखिमको लागि इम्पेयर चार्ज अन्तर्गत १८ करोड ७१ लाख छुट्याएको छ ।
पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ०७ पैसा रहेको छ। बैंकको प्रति शेयर आम्दानी २०.४३ रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ पुगेको छ।
३ अर्ब ८६ करोड १९ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २३ करोड रुपैयाँ सञ्चित छ । बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।












