ब्रोकर नम्बर १९ अर्थात् नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ प्रालिले निक्षेप सदस्य लाइसेन्स पाएको छ। सिडीएससीले फागुन १३ कम्पनीलाई निक्षेप सदस्यता अर्थात् डिपी (Depository Participant) लाइसेन्स प्रदान गरेको हो।
लाईसेन्स पाएसंगै अब कम्पनीले देहाय बमोजिमका सेवाहरु प्रदान गर्न सक्ने छन्
-हितग्राही खाता (डिम्याट् एकाउन्ट) खोल्ने, भौतिक धितोपत्रको अभौतिकीकरण गर्ने, अभौतिक धितोपत्रको पुनः भौतिकीकरण गर्ने,
-विद्युतीय रुपमा रहेका धितोपत्रहरुको व्यवस्थित रुपमा अभिलेख राख्ने, हितग्राहीका खातामा धितोपत्रहरु हस्तान्तरण गरी कारोबारहरुको फछ्र्यौट गर्ने, स्टक एक्स्चेन्ज भन्दा बाहिर हितग्राहीहरु बीच भएका बाह्य बजार कारोबारहरुको फछ्र्यौट गर्ने,
-निष्काशनकर्ताहरुले IPO वा अन्य तरिकाले बाँडफाँड गरेका धितोपत्रलाई हितग्राहीको डिम्याट् खातामा जम्मा गर्ने,
निष्काशनकर्ताहरुले हितग्राहीलाई दिने गैह्र मौद्रिक संस्थागत लाभहरु (बोनस, हकप्रद शेयर आदि) लाई हितग्राहीका डिम्याट् खातामा जम्मा गर्ने,
-अभौतिकीकरण गरिएका धितोपत्रहरुको बन्धकी राख्ने कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्ने
-मेरो शेयर सम्बन्धी सेवा उपलब्ध गराउने ।












