Tuesday, March 18, 2025
spot_img
spot_img

११ महिनामा १० अर्ब ८० करोडले बढ्यो शेयर धितो कर्जा

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा शेयर धितो कर्जा बढेर ८७ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ जेठसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर १४.२ प्रतिशतले बढेर ८७ अर्ब ११ करोड २७ लाख पुगेको हो।

२०८० असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख थियो।  ११ महिनाको अवधिमा शेयर धितो कर्जा १० अर्ब ८० करोडले बढेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार १ करोड बढीको कर्जा ५३ अर्ब ८४  करोडको रहेको छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा ११ अर्ब ८६ करोड रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १४ अर्ब १३ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ७ अर्ब २६ करोड मात्र रहेको छ ।

यस अवधिमा १ करोड माथिको कर्जा २०.४ प्रतिशतले बढेको देखिन्छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा ०.७  प्रतिशतले बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १०.६ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा ३.३ प्रतिशतले बढेको छ ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...

शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत

शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान...
spot_img