Monday, December 29, 2025
spot_img

पुरानो बानेश्वरको फ्रन्टलाइन हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

spot_img

काठमाण्डौ नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले शेयर निष्काशन कार्यको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने कम्पनीले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको हो। यसो हुँदा संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहने कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाण्डौंको पुरानो बानेश्वरमा  फ्रन्टलाइन ब्राण्डको नामबाट  १०० शैयाको अस्पताल संचालन गरिरहेको छ ।   अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको चरणमा रहेको थप २०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए।

अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी नसिंङ तथा फार्मेसी लगाएतका शैक्षिक गतिविधीहरु पनि संचालन गर्दै आइरहेको कम्पनीले जनाएको छ । चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको यस नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापना वि.सं. २०६२।०९।१९ मा भएको थियो र हाल यसको वार्षिक कारोवार ५० करोड भन्दा माथि रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले आज...

वैदेशिक रोजगारीमा जानेलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने अध्यक्ष ढकालको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा...

कामना सेवा विकास बैंकद्वारा स्याङ्जामा पोशाक तथा शैक्षिक सामाग्री वितरण 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर...
spot_img
spot_img