Tuesday, June 9, 2026
spot_img

रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे संसदको लेखा समितिले सेबोनलाई काट्यो पत्र

spot_img
spot_img

संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ५ बुँदे स्पष्टिकरण सोधेको छ । आईपीओ बारे आएका समाचारहरुमा आफ्नो ध्यानकर्षण भएको भन्दै लेखा समितिले धितोपत्र बोर्डलाई आज असर २५ गते पत्र लेखेको हो ।

लेखा समितिको सभापति सांसद ऋषिकेश दाहालको निर्देशन अनुसार पत्र लेखिएको उल्लेख गरिएको छ । समितिले आईपीओको लागि निर्धारण गरिएको मूल्य, कम्पनीको वित्तीय अवस्था, कम्पनीको आईपीओमा योग्य संस्थागत लगानीकर्ताको स्वार्थ लगायतका विषयमा प्रश्न उठाउदै ७ दिन भित्र जवाफ दिन धितोपत्र बोर्डलाई भनेको छ ।

यस्ता छन् लेखा समितिले उठाएको ५ विषय : 

१. उक्त कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?

२. रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमा आईपीओ ल्याउँदा अर्थात गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सिमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा Manipulation भएको अनुमान गर्न किन नसकिने ?

३. सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९ ।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ आर्थिक वर्ष २०८०।८१ मा ३२.९० रुपैयाँ, २०८१।८२ मा ३२.८९ र २०८२ । ८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८० । ८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन ।

४. उक्त कम्पनीमा बुकविल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन ।

५. कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक फरक प्रतिसेयर आम्दानी (हरेक आ.व. मा घट्दै गएको ) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र वोर्डको धारणा के हो ?

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स, बैशाखमा मात्रै भित्रियो २५७ अर्ब ४९ करोड

चालु आर्थिक वर्षको बैशाख सम्ममा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले...

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...
spot_img