Monday, December 29, 2025
spot_img

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

spot_img

स्वस्तिक लघुवित्तले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज बिहीबार बिहान शेयर बाँडफाँड गरेको हो।

नबिल इन्भेष्टमेन्टका अनुसार आईपीओमा कुल २४ लाख ४० हजार ४ सय ६० जनाको आवेदन परेको थियो। जस मध्ये २४ लाख ३६ हजार ३ सय ९३ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।

जसमा १९ हजार ५ सय १९ जनाले शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको थियो।

नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । मधेश प्रदेश कार्य क्षेत्र रहेको यस् लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले आज...

वैदेशिक रोजगारीमा जानेलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने अध्यक्ष ढकालको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा...

कामना सेवा विकास बैंकद्वारा स्याङ्जामा पोशाक तथा शैक्षिक सामाग्री वितरण 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर...
spot_img
spot_img