स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यस निष्काशनमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ताको लागि दिनु पर्ने छ। यो आईपीओ १९ हजार ५ सय १९ जनालाई मात्र पर्ने छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । मधेश प्रदेश कार्य क्षेत्र रहेको यस् लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।












