स्वस्तिक लघुवित्तले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा २०८० माघ २४ गते आईपीओ निष्काशनको लागि अनुमति माग गरेको थियो। त्यसको १७ महिनापछि कम्पनीले आईपीओ निष्काशन अनुमति पाएको हो ।
कम्पनीलाई राष्ट्र बैंकले समयसीमा नै तोकेर आईपीओमा जान निर्देशन दिएको थियो। तर धितोपत्र बोर्डले अनुमति नदिँदा लघुवित्त राष्ट्र बैंकको कारवाहीमा समेत परेको थियो।
यस विषयमा बिजनेशपानाले दुई नियामकको चेपुवामा स्वस्तिक लघुवित्त, धितोपत्र बोर्डले समयमा IPO अनुमति नदिँदा दबावमा शिर्षकमा समाचार प्रकाशन गरेको थियो। समाचार प्रकाशनपछि नेपाल राष्ट्र बैंकले यसमा चासो देखाएर धितोपत्र बोर्डसँग समन्वय गरेको थियो। त्यसपछि धितोपत्र बोर्डले आवश्यक कागजात माग गरेको थियो। समाचार प्रकाशन भएको ३ सातापछि कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको हो।
मधेश प्रदेश कार्य क्षेत्र रहेको यस् लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।












