Thursday, June 25, 2026
spot_img

एनआईसी एशियाको खुलामुखी म्युचुअल फण्डको लाभांश घोषणा

spot_img
spot_img

एनआईसी एशिया क्यापिटलको खुलामुखी सामुहिक लगानी योजनाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। एनआईसी एशिया बैंक कोष प्रबर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईसी एशिया डायनामिक डेट फण्ड” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०४/१६ गते अपरान्ह ४ बजे बसेको संचालक समितीको १४३ औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन १७ गते बुक क्लोज गरिएको छ । साउन १६ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

“एनआईसी एशिया डायनामिक डेट फण्ड”  एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफले (प्राप्त गर्ने लाभांश (कर प्राप तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ।  सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुलाई २०८१/०४ / ३२ गतेका दिन सम्म क्यापिटलमा गइ वा आफै क्यापिटलको वेबसाइट मार्फत अन्लाइन नै आफ्नो नाम दर्ता गर्न क्यापिटलले आग्रह गरेको छ। यस अघि नै सो योजनामा सहभागि हुन आफ्नो नाम दर्ता गराइ सकेका इकाईधनीहरु पुनः आफ्नो नाम दर्ता गराउन पर्ने छैन ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img