एनआईसी एशियाको खुलामुखी म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

एनआईसी एशिया क्यापिटलको खुलामुखी सामुहिक लगानी योजनाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। एनआईसी एशिया बैंक कोष प्रबर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईसी एशिया डायनामिक डेट फण्ड” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०४/१६ गते अपरान्ह ४ बजे बसेको संचालक समितीको १४३ औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन १७ गते बुक क्लोज गरिएको छ । साउन १६ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

“एनआईसी एशिया डायनामिक डेट फण्ड”  एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफले (प्राप्त गर्ने लाभांश (कर प्राप तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ।  सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुलाई २०८१/०४ / ३२ गतेका दिन सम्म क्यापिटलमा गइ वा आफै क्यापिटलको वेबसाइट मार्फत अन्लाइन नै आफ्नो नाम दर्ता गर्न क्यापिटलले आग्रह गरेको छ। यस अघि नै सो योजनामा सहभागि हुन आफ्नो नाम दर्ता गराइ सकेका इकाईधनीहरु पुनः आफ्नो नाम दर्ता गराउन पर्ने छैन ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...