Wednesday, March 4, 2026
spot_img

सुरु भयो लाभांश घोषणा गर्ने क्रम, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत प्रतिफल बाड्ने

spot_img
spot_img

आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा क्रम सुरु भएको छ। जस अनुसार लक्ष्मी सनराईज बैंक लिमिटेड कोष प्रबर्द्धक तथा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०४/१४ गते अपरान्ह ४ बजे बसेको संचालक समितीको १४४औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.५% का दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन १५ गते बुक क्लोज गरिएको छ । साउन १४ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफले (प्राप्त गर्ने लाभांश (कर प्राप तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ।  सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुलाई २०८१/०४ / २१ गतेका दिन सम्म क्यापिटलको वेबसाइट मार्फत अन्लाइन नै आफ्नो नाम दर्ता गर्न क्यापिटलले आग्रह गरेको छ। यस अघि नै सो योजनामा सहभागि हुन आफ्नो नाम दर्ता गराइ सकेका इकाईधनीहरु पुनः आफ्नो नाम दर्ता गराउन पर्ने छैन ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको...

चुनावमा भोट हाल्न काठमाडौँबाट सात लाख ५० हजारभन्दा धेरै बाहिरिए

बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट...

इरानको द्वन्द्व छिटो समाधान नभए नेपाल आउने ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुन्छ: खरेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको...

विदेशका द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु

वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम्...

घोराही सिमेन्ट सहित नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  मंगलबार दुई वटा कम्पनीको...
spot_img