राजेश मेटल क्राफ्ट्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभा बोलाएको हो।
सभामा हाल कायम चुक्ता पुँजी ९९ करोडको १४२.४२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ७.५० प्रतिशत नगद लाभांश गरि कुल १४९.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। त्यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ।
कम्पनीले आईपीओ निष्काशनको पनि तयारी गरिरहेको छ । यो कम्पनी आरएमसी ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीको सम्पूर्ण शेयर स्वामित्व श्रवण कुमार अग्रवाल र उनका दुई छोराहरु राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवालसँग रहेको छ। कम्पनीले स्टील, स्टील पाता, तथा स्टील पाएपहरु उत्पादन गर्दै आएको छ।
सन् १९९२ मा पब्लिक कम्पनीको रुपमा दर्ता भएको यो कम्पनी सन् २०१६ मा प्रालि बनेको थियो । अब भने फेरि पब्लिक कम्पनी बनेर शेयर निष्काशन गर्ने तयारी गरेको हो ।












