Friday, January 30, 2026
spot_img

चाँदीको कारोबार गर्ने हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो एजिएम

spot_img
spot_img

हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले फागुन १० गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो।

कम्पनीको सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाउने र सो समबन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुनेछ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि ज्योति क्यापिटललाइ बिक्रि प्रबन्धक चयन गरिसकेको छ। कम्पनीले  प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा कुल १२ करोड ५० लाखबराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ।

१५ वर्ष अगाडी स्थापना भएको यस कम्पनीको मूल उद्देश्य चाँदीमा लगानीलाई सरल, सुरक्षित र सबैका लागि उपलब्ध गराउनु रहेको छ। कम्पनीले लगानीको लागि ९९.९९% शुद्ध चाँदीका बारहरू उपलब्ध गराउँने गरेको जनाएको छ।  गरगहना सरहका उत्पादनहरूमा प्रायः उच्च मेकिङ चार्ज लाग्ने भए पनि यी बारहरू शुन्य प्रतिशत मेकिङ चार्जमा बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले बाई ब्याक ग्यारेण्टी पनि दिने गरेको छ।

कम्पनीका अध्यक्ष भीष्मप्रसाद गौतम हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अमेरिका-इरान तनाव बढ्दै, दुबै देश युद्दको लागि तयारी अवस्थामा

अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति...

बाह्य अडिटपछि बैंकहरुको खुदनाफामा कति देखिन्छ धेरै ठूलो अन्तर ?

सबै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो...

तोलामा २० हजार ५ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक विदा

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, आजदेखि परीक्षण सुरु हुँदै

निर्माण सम्पन्न भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आज...

मन्त्रिपरिषद् बैठक: राष्ट्रपतिको जापान भ्रमण स्वीकृत, प्रहरीको रासन स्केल वृद्धि

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ...
spot_img
spot_img