सेन्ट्रल फाइनान्सले साधारणसभा सभा आह्वान गरेको छ। कम्पनीले जेठ ४ गते आइतबार काठमाडौँको कुपण्डोल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। वैशाख २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१.सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने बारे ।
२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तको वासलात तथा मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्ने बारे ।
३. लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।













